Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

बुधबार, १० साउन २०८०, १६ : २२ मा प्रकाशित

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्न अनुमति

ललिता निवास सरकारी जग्गा हिनामिन प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज (बुधबार) जिल्ला अदालत काठमाडौँले उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीतलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आरोपीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको बताइएको छ । उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।

यी हुन् हालसम्म पक्राउ परेका २२ आरोपीत

हालसम्म मीनबहदुर गुरुङ, कृष्णबहादुर राउत (हाल रिहा भएका), कलाधर देउजा, सञ्जय महर्जन, सकुलानन्द महर्जन, धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ पक्राउ परेर प्रहरीको हिरासतमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको