Like us!
Follow us!
Connect us!
Watch us!

४५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०१ जेठ २०८३, ११ : ५१ मा प्रकाशित

४५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ४५ अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।

निक्षेप संकलनको  उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् । निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा ‌कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि  असार १२ गतेलाई तोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको