Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीका सञ्चालक मिनबहादुरसहित तीन जनाको निवेदन ‘हेर्न नमिल्ने’ सूचिमा

अर्थ संसार

विहीबार, २१ असार २०८०, १२ : २७ मा प्रकाशित

भाटभटेनीका सञ्चालक मिनबहादुरसहित तीन जनाको निवेदन ‘हेर्न नमिल्ने’ सूचिमा

ललिता निवास प्रकरणमा गत (मंगलबार) पक्राउ परेका मीन बहादूर गुरुङसहित तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्ने सूचिमा राखिएको छ।  न्यायाधीश विश्वमभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी तोकिएपनि हेर्न नमिल्ने सूचिमा राखिएको हो। 

मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रबार भएको सुनुवाईमा अदालतले कारण देखाउन आदेश दिएको थियो। उनीहरुले हदम्याद नाघेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन्।

उक्त प्रकरणमा प्रहरीले गत मंगलबार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत सात जनालाइए प्रहरीले पक्राउ गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको