Like us!
Follow us!
Connect us!
Watch us!

राजेशकुमार अग्रवाललाई प्रश्न– ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङको पक्षमा किन उत्रियो निजी क्षेत्र?

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १२ : ३० मा प्रकाशित

राजेशकुमार अग्रवाललाई प्रश्न– ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङको पक्षमा किन उत्रियो निजी क्षेत्र?

नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ पक्षमा निजी क्षेत्र रहेको बताएका छन् । आज अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कसैको पनि साधारण रिसिइबीमा जाहेरी दिने र पक्राउ गर्ने काम भइरहेको उनले बताए ।

कानून कार्यान्वयनमा आफूहरुको विमती नरहेको तर पक्राउ गरिहाल्नुपर्ने अवस्था छ वा छैन हेरिनुपर्नेमा उनले जोड दिए । 

प्रश्नः ललिता निवास जग्गा हिनामिना प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ पक्राउ परेको विरोधमा निजी क्षेत्रका व्यवसायीहरु एकजुट हुनुभयो । विरोध गर्नैपर्ने अवस्था कसरी आयो ?

पछिल्लो समय निजी क्षेत्रलाई पटक–पटक प्रयास भइरहेको छ । हामीले उहाँको घटनामा मात्रै भनेको होइन । समग्रमा निजी क्षेत्रलाई आक्रमण भएको महसुस गरेका हौँ । फेरि पक्राउ गरिहाल्नुपर्ने अवस्था पनि होइन । कसैको पनि साधारण रिसिइबीमा जाहेरी दिने र पक्राउ गर्ने काम भइरहेको छ । कानून कार्यान्वयनमा हाम्रो विमती छैन तर पक्राउ गरिहाल्नुपर्ने अवस्था छ वा छैन हेरिनुपर्छ भन्ने हो । सरकारले आफ्नो काम गरोस् त्यसमा हाम्रो कुनै पनि विरोध छैन । तर यति ठूलो लगानी गरेर बसेको मान्छे भागिहाल्छ भन्ने हुँदैन, यसप्रकारका घटनामा बैंकबाट लिएको ऋण पनि समस्यामा पर्न सक्छ । थुनामै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने छैन मात्रै भनेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको