Like us!
Follow us!
Connect us!
Watch us!

निजी विद्यालयका शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म, नपाए महानगरमा सम्पर्क गर्नूस्ः बालेन

अर्थ संसार

विहीबार, १४ असार २०८०, ११ : १४ मा प्रकाशित

निजी विद्यालयका शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म, नपाए महानगरमा सम्पर्क गर्नूस्ः बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ (बालेन)ले संस्थागत (निजी विद्यालय)का शिक्षकलाई सुविधाअनुसार तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रह गरेका छन् । निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै संस्थागत (निजी विद्यालय)का शिक्षकलाई सुविधाअनुसार तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न उनले आग्रह गरेका हुन्।

 ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन्।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको उनले स्पष्ट पारेका छन्।

जसकारण महानगर क्षेत्रभित्र निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिन उनले निर्देशन दिए। सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई उनले भनेका छन्, ‘सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको