Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीबारे सम्झौता, रेमिट्यान्स सहजै प्राप्त गर्न सकिने

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १२ : २५ मा प्रकाशित

नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीबारे सम्झौता, रेमिट्यान्स सहजै प्राप्त गर्न सकिने

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरिन् । 

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । 

यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको