Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १४ : ०३ मा प्रकाशित

नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिट मार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका हुन् । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘ कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । कुवेतमा रहेका नेपानीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ’ । 

नेपालको पुरानो र विश्वसनिय नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । साथै नेपाल रेमिटका नेपालभर रहेका हजारौ रेमिट्यान्स एजेन्ट नेटवर्क मार्फत समेत सहजै रेमिट्यान्स् प्राप्त गर्न सक्नेछन् । नेपाल रेमिटले हरेक समय विश्वका अग्रणी रेमिट कम्पनीहरुसँग र नेपालका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो । १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यस कम्पनीले कुवेतभर फैलिएका शाखाहरूका साथै प्राविधिक रूपमा उन्नत प्लेटफर्महरू मार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको