Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी र विजय लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

आइतबार, १७ असार २०८०, ११ : ०१ मा प्रकाशित

नयाँ सारथी र विजय लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । हिजो (शनिबार) नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । 

मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्तापुँजी ६२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको