Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरसँगको भेटमा सीएनआईले भन्यो– आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा रकम १२ प्रतिशतले बढाउनुपर्छ

अर्थ संसार

सोमबार, १८ असार २०८०, १२ : ४२ मा प्रकाशित

गभर्नरसँगको भेटमा सीएनआईले भन्यो– आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा रकम १२ प्रतिशतले बढाउनुपर्छ

नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेका छन् । हिजो (आइतबार) छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन्।

पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना स्थगित हुने गरेको अहिले भने तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानका कारण बाधा उत्पन्न भएको अग्रवालले बताए ।

‘आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको छ’ गभर्नरसँगको छलफलका क्रममा अग्रवालले भने ।  लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

उक्त अवसरमा गभर्नर अधिकारीले परिसंघका सुझावलाई अध्ययन गरेर आवश्यकताका आधारमा मौद्रिक नीतिमा समेटिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको