मर्जरपछि आज (सोमबार)देखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले सेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेप्सेमा आइतबार आँधीखोलाको तर्फबाट कायम हुन आउने १० लाख ८२ हजार ९ सय कित्ता सेयर सीवाईसी नेपाल लघुवित्तको नाममा सुचिकृत भएको थियो । नेप्सेले मर्जरपछिको पहिलो कारोबारको लागि ११७१.८५ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
सीवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त मर्जर पश्चात ‘सीवाईसी नेपाल लघुवित्त’को नामबाट सेयर कारोबार भएको हो । त्यस्तै आज सिटी होटलमा पनि सर्किट लागेको छ ।
सम्बन्धीत समाचार:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस