Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले ६६ % हकप्रदलाई पायो अनुमति, बाँकी पूँजी बोनस सेयरबाट जुटाउने

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ०८ : ५६ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले ६६ % हकप्रदलाई पायो अनुमति, बाँकी पूँजी बोनस सेयरबाट जुटाउने

नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ। प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।  

एनएलजी इन्स्योरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।अब कम्पनीले ६६ प्रतिशतले आउने ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ ।बाँकी  पूँजी बोनस सेयरबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने नीति लिएको छ ।

यस अघि हकप्रद निष्काशन कडाई गर्दै आएको थियो। प्राधिकरणले आफ्नो नीति कार्यान्वयन गर्न पनि एनएलजी इन्स्योरेन्सलाई भने हकप्रद निकाल्न अनुमति दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको