Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, जान्नुहोस् नयाँ मूल्य

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, ०८ : १६ मा प्रकाशित

हकप्रद सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, जान्नुहोस् नयाँ मूल्य

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न बुकक्लोज गरेपछि नेप्सेले यसको मूल्य समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

६२.५६ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी अनुसार नेप्सेले समायोजन पश्चात इन्स्योरेन्सको सेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा तोकेको छ। यो समायोजन गत कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो। सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १,३३९ रुपैयाँ थियो।

यस समायोजित मूल्यमा अब मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको