Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजीले बोलायो विशेष साधारणसभा, हकप्रद सेयर संशोधन पारित गर्ने

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०७ : ४६ मा प्रकाशित

एनएलजीले बोलायो विशेष साधारणसभा, हकप्रद सेयर संशोधन पारित गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर संशोधन गर्न विशेष साधारण सभा आह्वान गरेको छ।

सञ्चालक समितिको बैठकले कात्तिक ७ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १९ बजे सभा बोलाएको हो।

सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्ने एजेण्डा छ। कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजारको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्ने संशोधन प्रस्ताव छ।

यसअघि चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाखको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो ।

तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो। जसकारण हकप्रद सेयर घटाउन लागेको हो।

नेपाल बीमा प्राधिकरणले पनि हकप्रद सेयर घटाउने प्रस्तावलाई अनुमति दिइसकेको छ। एक वर्षदेखि हकप्रद सेयर निष्कासन अनुमति नपाउँदा चुक्ता पुँजी बढाउन पाएको थिएन। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको