Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफले पनि आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति, प्रति कित्ता कति?

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १३ : ३९ मा प्रकाशित

सन नेपाल लाइफले पनि आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति, प्रति कित्ता कति?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्रिमियममा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज (मंगलबार) अनुमति पाएको हो । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मुल्य १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता २३९ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपीओ निष्कासन गर्न अनुमति प्रदान गरिसकेको छ । हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ ्छ । प्राथमिक सेयर निष्कासनपछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीले प्रिमियम सहित उक्त सेयर जारी गर्दा प्राथमिक सेयर बजारबाट २ अर्ब २९ करोड रुपैयाँ संकलन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको