Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १० : ३६ मा प्रकाशित

सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफलाई हकप्रद जारी गर्न अनुमति दिएको छ । बोर्डले  कम्पनीलाई १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

अब कम्पनीले हाल कायम चुक्तापुँजीको अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ। जुन नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि तोकेको न्यूनतम ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ।

सन नेपाल लाइफको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको