Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको नाफा २६.५३ प्रतिशतले घट्यो

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १२ : १३ मा प्रकाशित

सन नेपाल लाइफको नाफा २६.५३ प्रतिशतले घट्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको नाफा २६.५३ प्रतिशतले घटेको छ ।

खुद नाफा

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  जुन गत आर्थिक वर्षको भन्दा २६.५३ प्रतिशतले बढी हो ।

प्रतिसेयर आम्दानी

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ।

कुल आम्दानी

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १४.२४ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

मूल्य आम्दानी

चौथो त्रैमाससम्म इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने

प्रतिसेयर नेटवर्थ

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ।

चुक्ता पूँजी/रिटेन्ड अर्निङ्ग

 कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको