Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, २१ : १३ मा प्रकाशित

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा देशभरका कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा “वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात् गर्दै सम्पत्ति शुद्धीकरण र यसले अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभावबारे जानकारी दिइएको थियो। साथै यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे छलफल गरिएको थियो।

कम्पनीका कार्यान्वयन अधिकृत रन्जु लम्सालले यस सम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व र आवश्यकताका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखाका कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको