आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो । नेप्सेमा बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार माथिको कारोबार भएको हो ।
आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज नागरिक लगानी कोषको कारोबार अब्बल रह्यो । आज होटलसहित सबै उपसूचकमा हरियाली देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस