Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले निर्बाध कारोबारका लागि ‘नेपालपे’सँग गर्यो साझेदारी

अर्थ संसार

विहीबार, २१ असार २०८०, १४ : २४ मा प्रकाशित

खल्तीले निर्बाध कारोबारका लागि ‘नेपालपे’सँग गर्यो साझेदारी

खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा लागू ‘नेपालपे’ क्युआरसँग साझेदारी गरेको छ। यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्युआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिन्छ।

यस साझेदारी पछि धेरै प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य माध्यम बन्नसक्नेछ। प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हालहरु, वा कहीं पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन्।
 
यस साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“हाम्रा प्रयोगकर्ताहरूका लागि खल्तीको क्युआर भुक्तानी सबैभन्दा सुविधाजनक सेवाहरूमध्ये एक हो। तसर्थ, यो साझेदारीको साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्ताहरूलाई फोनपे क्युआर र यिउनियनपे लगायत नेपालपे क्युआर बाट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौं।” 

त्यसैगरि यस सहकार्यको बारेमा बोल्दै, नेपालपे क्युआर ले भन्यो,“नेपालपे क्यूआर नेपालका सबै बैंक तथा वित्तीय संस्था, पीएसपी र पीएसओहरूका लागि उपलब्ध र पहुँचयोग्य रहेको क्युआर योजना हो। खल्ती जस्तो प्रमुख भुक्तानी सेवा प्रदायक सँग सहकार्य भनेको एउटा प्रमुख कोसेढुङ्गा हो जसबाट नेपालमा क्यूआर भुक्तानीको वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ।”

यस लगायत, नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपालका माननीय प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेशन अफ इन्डियासँग सिमान्तर भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सेवा चाँडै उपलब्ध गराइने छ, जहाँ खल्ती प्रयोगकर्ताहरूले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको