आज (बिहिबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज ०.०६ प्रतिशतले घट्दा ३ अर्ब भन्दा माथिको कारोबार भएको हो।
बिहिबार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बिहिबार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा सिटी होटल, रावा इनर्जी डेभलपमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र जोशी हाईड्रोपावर कम्पनीहरु रहेका छन् । उल्लेखित चार वटा कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशत बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, अन्य सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा पिपुल्स पावर, साम्लिङ पावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस