Like us!
Follow us!
Connect us!
Watch us!

भिडियोमा हेर्नुहोस: गभर्नर अधिकारीको मन्तव्य, जसले बनायो निजी क्षेत्रलाई चकित

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, ०९ : २१ मा प्रकाशित

निजी क्षेत्रले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकदमै छोटो मन्तव्य दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेका आ।व। २०७०–८१ को मौद्रिक नीतिमा सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले एकदमै छोटो मन्तव्य दिएका हुन् । अपेक्षा गरिएको भन्दा ठिक विपरित ढङ्गले गभर्नरले केही नबोली मन्तव्य सकाउँदा कार्यक्रममा सहभागीहरु चकित नै परे ।


उनको निकै छोटो मन्तव्यले कार्यक्रममा एकछिन हाँसो नै गुञ्जिएको थियो । गर्भनर अधिकारीले सामान्य अभिवादन गरी माग पुरा होस् भन्ने कामना गरे निजी क्षेत्रको संयुक्त सुझावहरु सुभाव पाउँदा खुसी मिलेको बताउँदै उनले यो सहयोगसिद्ध रहने अपेक्षा प्रकट गरे । यसबाहेक थप केही नबोली गभर्नर अधिकारीले आफ्नो मन्तव्य टुङ्‌याउँदा उनी कार्यकममा हाँसोका पात्र नै बने। गभर्नरले छोटो मन्तव्य दिएर आफ्नो औपचारिकता पुरा गरे तर अपेक्षा भने पुरा गर्न भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको