Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोपावरको प्रिमियम सहितको आईपीओमा पहिलो चरणको आवेदन खुला

अर्थ संसार

आइतबार, २४ असार २०८०, ०८ : २० मा प्रकाशित

भगवती हाइड्रोपावरको प्रिमियम सहितको आईपीओमा पहिलो चरणको आवेदन खुला

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले  प्रिमियममा आईपीओ निष्काशन खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आज असार २४ गतेदेखि आईपीओ निष्काशन खुला गरको हो। 

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। यस  सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यो संगै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागिएको हो। 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम -५००० कित्ता 

कहिले सम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते र आवेदन नपरेमा ढिलोमा साउन २२ गते हुनेछ। 
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिन पर्नेछ। 

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिदार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको  ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको