Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

आइतबार, २४ असार २०८०, १० : २६ मा प्रकाशित

सिनर्जी पावरले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउँछन् ?

सिनर्जी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । 

कम्पनीकाे असार २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि श्रावण १२ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, श्रावण ११ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

64aa3b06274e1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको