Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउँछन्ः अर्थमन्त्री डा. महत

अर्थ संसार

आइतबार, २४ असार २०८०, ११ : १९ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउँछन्ः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने स्पष्ट पारेका छन्।​ संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईररहेको बेला अर्थमन्त्री डा. महतले सो आश्वासन दिएका हुन्।

शनिबार कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अहिलेको ब्याजदर धेरै भएको र घटाउनका लागि राष्ट्र बैंकसँग आफूले भनेको स्पष्ट पारेका हुन्।

उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ। त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला। त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको