Like us!
Follow us!
Connect us!
Watch us!

नायिका आँचल शर्मा किन पुगिन प्रहरीको साइबर ब्युरो कार्यलय?

अर्थ संसार

आइतबार, २४ असार २०८०, १२ : ४४ मा प्रकाशित

नायिका आँचल शर्मा किन पुगिन प्रहरीको साइबर ब्युरो कार्यलय?

नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध हिजो (शनिबार) बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारवाही गर्न भन्दै उनले प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् । 

आँचलको निवेदनमा आफ्नो अनुमति विना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाही गरि पाउँ भनि उल्लेख छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडिओ, तस्बिर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको