Like us!
Follow us!
Connect us!
Watch us!

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

आइतबार, २४ असार २०८०, १५ : ५८ मा प्रकाशित

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् । 

 माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट असार २० गते अनुमति पाएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट असार २० गते अनुमति पाएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको