आज (सोमबार) नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
सेयर बजार झिनो अंकले घटेपनि रावा इनर्जी डेभलपमेन्ट पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको सेयरमा सर्किट लागेसँगै ३३ रुपैयाँले सेयरमूल्य बृद्धि भएर ३६४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, गुह्रश्वरी मर्चेन्ट बैंक, नेपाल फाइनान्स, अरुण काबेली पावर, अग्रिकल्चर डिभेन्चर २०८३ लगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस