Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १२ : २० मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले असार १० गते, आइतबारदेखि असार १३ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार २२ गते, शुक्रबार नै सम्पन्न भइसकेकाे छ ।  

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ५४ पैसादेखि अधिकतम २ सय ५३ रुपैयाँ ६२ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । 

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ५४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ५३ रुपैयाँ ६२ पैसा हुन्छ ।

अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले असार १० गतेदेखि  असार १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आईपीओमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल ५३ हजार ९ सय ५० जना लगानीकर्ताहरूले लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको