Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूमा सञ्चालन जोखिम बढ्दो

मंगलबार, ०७ कार्तिक २०७४, १६ : १४ मा प्रकाशित

बैंकहरूमा सञ्चालन जोखिम बढ्दो

अर्थ संसार, काठमाडौं– हयाकरले बैंकको अन्तर्राष्ट्रिय कारोबार प्रणाली हयाक गरी रकम स्थानान्तरण गरेको आशंका

अर्थ संसार, काठमाडौं–आधुनिक बैंकिङको प्रयोग बढेसँगै वित्तीय क्षेत्रमा सञ्चालन जोखिम पनि तीव्र रूपमा बढेको छ ।

विगतका वर्षहरूमा ऋणको जोखिम (क्रेडिट रिक्स) उच्च रहँदै आएकामा पछिल्लो समय सञ्चालन जोखिमले उछिनेको छ । कमजोर सुशासन, सूचना प्रविधिमा पर्याप्त ध्यान नदिनु, सुरक्षा संयन्त्रहरूमा न्यून प्राथमिकतालगायत कारण सञ्चालन जोखिम बढ्दै गएको बैंकरहरू बताउँछन् ।

उनीहरूका अनुसार आक्रामक रूपमा कार्यसञ्चाल विस्तार र बढ्दो इन्टरनेट बैंकिङको प्रयोगले सञ्चालन जोखिम बढ्दै गएको हो । यद्यपि यस्तो जोखिम नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै बढ्दै गएको उनीहरूको भनाइ छ ।

बैंकको कारोबार प्रणाली (सफ्टवेयर) हयाक गरी पैसा निकाल्नु, एटीएमको पासवर्ड चोरी गरी पैसा हिनामिना हुनु, कर्मचारीको मिलेमतोमा रकम चोरी हुनुलगायत घटना नेपाली बैंकिङ क्षेत्रका लागि पनि नयाँ होइन ।

पछिल्ला वर्षमा त्यस्ता घटना झनै बढ्दै गएका हुन् । पछिल्लो उदाहरणका रूपमा एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ गरी रकम चोरी भएको घटनालाई लिन सकिन्छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि स्वयं बैंकहरू सचेत हुनुपर्ने बैंक अफ काठमान्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए ।

‘बैंकिङ क्षेत्र प्रविधिसँग सम्बन्धित भएकाले प्रविधि सुरक्षामा बढी जोड दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘यसका लागि स्विफ्टबाट सिफारिस भएका मापदण्डहरू निरन्तर रूपमा अद्यावधिक गर्नुपर्छ ।’

यस्ता घटना जुनसुकै बैंकमा पनि हुन सक्ने भएकाले आफ्नो सुरक्षाका लागि सचेत हुनुपर्ने उनको सुझाव छ । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको