Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटल मार्केटको "लक्ष्मी भ्यालु फण्ड २" साउन ५ गतेदेखि बिक्री खुला हुँदै

अर्थ संसार

बुधबार, २७ असार २०८०, ०८ : ०७ मा प्रकाशित

लक्ष्मी क्यापिटल मार्केटको "लक्ष्मी भ्यालु फण्ड २" साउन ५ गतेदेखि बिक्री खुला हुँदै

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ।  क्यापिटलले लक्ष्मी भ्यालु फण्ड २ नामको फण्ड निष्काशनमा ल्याउन लागेको हो।

क्यापिटल जारी सुचना अनुसार प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। बिक्री गरिने इकाई मध्य १५ प्रतिशतले वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिने बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

यो एक बन्दमुखी योजना हो।

यस फण्डका अरु जानकारी यस प्रकार छन :

कति दिने आवेदन?

लगानीकर्ताले न्यूनतम न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

कहिलेसम्म दिने आवेदन ?

साउन ४ गते देखि साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५०% अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नु पर्नेछ। 

को हो बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कति वर्षे ?
यो १० वर्षे योजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको