Like us!
Follow us!
Connect us!
Watch us!

ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाएको रकम फिर्ता हुँदै

मंगलबार, ०७ कार्तिक २०७४, १६ : ३७ मा प्रकाशित

ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाएको रकम  फिर्ता हुँदै

अर्थ संसार, काठमाडौँ– बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भन्नुभयो, “केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ ।

यसले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्छ । हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्दै आएको बुझिएको छ ।

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराउनुभयो । सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो ।

बैंकको कारोबार प्रणालीको चुनौतीका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिँदै गएकै कारण आन्तरिक प्रणालीलाई थप सुरक्षित गर्नुपर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको