Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ युगकाे सुरूवात : क्यापिटल म्याक्सले सुरु गर्याे कारोबार

अर्थ संसार

विहीबार, २८ असार २०८०, १४ : ४५ मा प्रकाशित

नयाँ युगकाे सुरूवात : क्यापिटल म्याक्सले सुरु गर्याे कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट गत बिहीबार (असार २१ गते) कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीमध्ये एउटा ब्रोकर कम्पनीले आजबाट दोश्रो बजारमा कारोबार सुरू गरेको छ ।  

क्यापिटल म्याक्स सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्रोकर नम्बर ६२ ले आजबाट नेप्सेमा कारोबार सुरू गरेको हो । आज नेपाल एसबीआई बैंकको १० कित्ता सेयर किनेर याे ब्राेकरले नेप्सेमा काराेबारकाे प्रारम्भ गरेकाे हाे ।

नयाँ ब्राेकरकाे काराेबार सुरू भएसँगै लामाे समयदेखिकाे लगानीकर्ताहरूकाे सपना साकार भएकाे छ । सेयर लगानीकर्ताहरूले विगत लामाे समयदेखि नयाँ ब्राेकरकाे माग गर्दै आएका थिए । भन्ने हाे भने, आजबाट अब सेयर बजारका लागि एउटा नयाँ युगको सुरूवात नै भएको छ ।

आजै मात्र कारोबार सुरू गरेको यस ब्रोकरले धेरै पहिलेबाट गुनासो सुनिइरहेको लगानीकर्ताहरूलाई टाइम्ली पेमेन्टको कुरालाई पहिलो प्राथमिकतामा राखेको छ । अर्थ संसारसँग कुराकानी गर्दै ब्रोकर नम्बर ६२ का सञ्चालक अतित लाल श्रेष्ठले भने, 'अहिले सबैभन्दा लगानीकर्ताहरूले भोगिरहेको यो टाइम्ली पेमेन्टको समस्या छ त्यसलाई क्यापिटल म्याक्सले सबैभन्दा पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नेछ । त्यसै गरेर लगानीकर्ताहरूलाई सुपेरियर सेवा दिनलाई अनलाइन सिस्टमबाटै सेयर मार्केटमा कारोबार भईरहेका कम्पनीहरूको चार्टिङ सफ्टवेयरहरू, डाटा एनालाईटिक्सको सफ्टवेयरहरू यी सबै सेवाहरू निःशुल्क प्रदान गर्ने गरी अगाडि बढ्छ ।'

क्यापिटल म्याक्स सेक्युरिटिजले अहिलेसम्म ब्रोकरहरूले जति पनि सुविधा दिएका छन् र नयाँ ब्रोकरहरूले जे पनि सुविधा दिन्छन् त्यो सबैभन्दा सुपेरियर सुविधाहरू लगानीकर्ताहरूलाई प्रदान गर्ने उनको दावी छ । सूचना/प्रविधिमा टेकेर र विभिन्न आयामबाट लगानीकर्ताहरूलाई नयाँ नयाँ सुविधा दिनेगरी यो ब्रोकर अघि बढ्ने उनले बताए । यो ब्रोकरले चार्टिङ सफ्ट्वेयर र डाटा एनालाईटिक्सको सफ्टवेयरहरू सकेसम्म सबै लगानीकर्ताहरूको पहुँचमा पुग्नेगरी निशुल्क दिने हिसावले अघि बढ्ने उनले बताएका छन् । लगानीकर्ताहरू सूसूचित हुन् भन्ने हिसाबले आफ्नो ब्रोकरले यो सबै कार्यहरू सम्पादन गर्ने लक्ष्य बोकेको सञ्चालक श्रेष्ठ बताउँछन् । 

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।  त्योमध्ये सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेबाट कारोबार सदस्यता प्रदान गरिएको थियो । सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।  कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) बाट असार २५ गते, सोमबार  'क्लियरिङ मेम्बर' अर्थात् राफसाफ सदस्यता पाएका थिए ।

७ वटै ब्राेकरले साेमबार नै नेप्सेमा मक ट्रेडिङ गरेका थिए । नेप्सेको एनओटीएस र ब्रोकरको टीएमएसमा डाटा ट्रान्सर्फर हुँदा कुनै समस्या आउँछ कि आउँदैन भनेर चेक गर्न मक ट्रेडिङ गरिएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको