आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार २१ गते, बिहीबारदेखि असार २५ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (असार ३० गते, शनिबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि शनिबार बिहान ११ बजे गरिने निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । क्यापिटलका अनुसार उक्त आईपीओ सिटिसी मल सुन्धारा, काठमाडौंमा क्यापिटलकै कार्यालयमा हुनेछ ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.६४ गुणा बढी आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ९ लाख ६० हजार जना लगानीकर्ताहरूले सेयर हात पार्नेछन् । बाँकी ३ लाख ३० हजार ७४१ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियाे ।जसमध्ये पहिलाे चरणमा १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भएकाे थियाे । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस