Like us!
Follow us!
Connect us!
Watch us!

सेयरहब मार्फत र यी तरिकाबाट हेर्न सकिनेछ आइएमई लाइफको आइपीओ नतिजा

अर्थ संसार

शनिबार, ३० असार २०८०, १४ : ४८ मा प्रकाशित

सेयरहब मार्फत र यी तरिकाबाट हेर्न सकिनेछ आइएमई लाइफको आइपीओ नतिजा

आइएमई लाइफ इन्स्याेरेन्सको आईपीओ नतिजा हेर्न आवेदकले आफ्नो मोबाईलमा सेयरहब(Share Hub) एप्लीकेशन प्रयोग गर्न सक्नेछन।  सेयरहब बाहेक लगानीकर्ताले  बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमा आज सम्पन्न आइपीओ बाँडफाँडमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयरको आवेदन रद्द भएको छ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए  । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.६४ गुणा बढी आवेदन हो । 

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएकोमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियाे ।जसमध्ये पहिलाे चरणमा १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भएकाे थियाे । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको