आज (आइतबार) सेयर बजार बढेको छ । आज सेयर बजार १२.१६ अंकले बढेर २०९७.०९ को बिन्दुमा कायम भएको हो ।
बजार १२.१६ अंकले बढेसँगै शिवम सिमेन्टको कारोबार सर्वाधिक भएको छ । कम्पनीको १९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज हिमालयन लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५०६ रुपैयाँका दरले १५ करोड रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज माउण्टेन इनर्जी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्सलगायत अन्य कम्पनीहरुको सेयर कारोबार सर्वाधिक भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस