नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ९० लाख ४५ हजार ६ सय ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ४८९.४९ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।
साथै, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस