मर्जरपश्चात् पहिलो दिन कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज (सोमबार) कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेसँँगै ४८.९१ रुपैयाँले बढेर ५३८.४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर आजदेखि कारोबारमा आएको हो ।
यो समाचार तयार पार्दा सम्म नेप्सेमा पनि सुधार संकेत देखिएको छ । नेप्से ७.०५ अंकले बढेको छ । नेप्से ७.०५ अंकले बढ्दा इन्डेक्स २१०४.१४ को विन्दू कायम भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस