Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १० : ३५ मा प्रकाशित

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

तर १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा बैंक कर्जा कम गर्न नपुग्ने भएकाले कम्पनीको हिजो साउन २ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्कासनको निर्णय अनुमोदन गर्न आगामी वार्षिक साधारण सभामा यो प्रस्ताव पेश गर्नेछ ।

सूचना हेर्नुहाेस् :

64b76be604d43.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको