अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्कासन गरिएको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेकाे छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३९% अर्थात १९ लाख ८८ हजार २ सय ३६ कित्ता साधारण सेयरको १०% अर्थात १ कराेड ९८ लाख ८२ हजार ४ सय रकम बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ९८ हजार ८ सय २४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा असार ७ गतेदेखि असार २१ गतेसम्म बिक्री खुल्ला गरेकाे थियाे ।
सो अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको १ लाख ९८ हजार ८ सय २४ कित्ता साधारण सेयरहरू हिजाे साउन २ गते मंगलबार बाँडफाँड गरिएको कम्पनीले जनाएकाे छ ।
कम्पनीकाे आईपीओकाे रिजल्ट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.nicasiacapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट www. iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।
साथै, सम्पूर्ण सि-आस्वा सदस्यहरूले बाँडफाँडमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्कासन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा / रकमान्तरण गर्न र बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले जानकारी गराएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस