Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ खुला त्यो पनि प्रति कित्ता ५० रूपैयाँमा :हाथवे इन्भेष्टमेन्टको सेयरमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ०७ : १० मा प्रकाशित

आईपीओ खुला त्यो पनि प्रति कित्ता ५० रूपैयाँमा :हाथवे इन्भेष्टमेन्टको सेयरमा आजदेखि आवेदन दिन सकिने

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गते आज बिहीबारदेखि पहिलाे चरणकाे साधारण सेयर (आईपीओ) निष्कासन खुला भएको छ  । कम्पनीले पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। 

कति कित्ता ?

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ ।

मूल्य कति ?

उक्त आईपीओकाे प्रतिकित्ता अंकित मूल्य ५० रूपैयाँ ताेकिएकाे छ । 

कति दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणाङ्कको आधारमा दिनु पर्नेछ । आईपीओ बाँडफाँड गर्दा पनि न्युनतम २० कित्ता नै बाँडफाँड हुनेछ। यद्यपी सबै आवेदकलाई न्युनतम २० कित्ता आईपीओ बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेकाे छ ।

कहाँबाट दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणलाई कहिले ?

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको