Like us!
Follow us!
Connect us!
Watch us!

सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ११ : २१ मा प्रकाशित

सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा परेका छन् । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो।  सुनको भन्सार पासमा संलग्न देखिएकाले चन्दलाई निलम्बन गरिएको विभागले जनाएको छ। निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ।  

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।

यो पनि

सुन बरामद प्रकरणः एजेन्टसहित छ जना पक्राउ, अन्यको खोजी जारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको