अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडको आवेदन खुला रहेको साधारण सेयर (आईपीओ) माआयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई भने आईपीओ भर्ने आज साउन ५ गते अन्तिम दिन रहेको छ। यस अघि वैदेशिक राेजगारीमा गएका नेपालीहरूले आवेदन बन्द भइसकेको छ।
कम्पनीले जारी पुँजीको १०% अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको आईपीओको १०% ले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक राेजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको हो।
कति दिने आवेदन ?
न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
स्थानीयहरुले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन्।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
रेटिङ कति ?
रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कहाँबाट दिने आवेदन ?
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
प्रोजेक्ट र लागत
कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना हो। प्रोजेक्टको प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस