Like us!
Follow us!
Connect us!
Watch us!

नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी ‘नार्जो एन ५३’को मूल्य कति ? यस्ता छन् विशेषता

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, ११ : ०५ मा प्रकाशित

नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी ‘नार्जो एन ५३’को मूल्य कति ? यस्ता छन् विशेषता

प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको छ । यस्तो समयमा रियलमी यस्तो ब्रान्ड रहेको छ, जसले अत्याधुनिक प्रविधि र फ्ल्यागशिप–लेभल फिचरहरूलाई चित्ताकर्षक मूल्यमा उपभोक्ताहरु माझ ल्याउदै आएको छ । रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा यस्तै एक प्रभावशाली सदस्यको रुपमा थपिएको छ । जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ ।

रियलमी नार्जो एन ५३ः नेक्स्ट जेन क्विक्, नेक्स्ट जेन शिक

युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक अतुलनीय पावरहाउस हो । एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ । यो संयोजनले एपिÞmसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा तपाईं एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सक्नेछन् ।

४६ जीबी एलपिडिडिआर ४एक्स ¥याम भएकोले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४-१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकोले तपाईंले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सक्नेछन् ।

एन५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ । यसबाट तपाईंले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सक्नेछन् । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फिहरु लिन सकिनेछ ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एपÞmएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभुती हुन्छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव त अरुसँग तुलना नै गर्न मिल्दैन ।

त्यस्तै  ४५० निट्सको पिक ब्राईट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमि आउन दिने छैन । “फेदर गोल्ड“ र “फेदर ब्ल्याक“ जस्ता आकर्षक रंगहरूमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ । 

यस्ता आकर्षक फिचरहरु भएको यस नार्जो एन ५३ को मुल्य पनि उत्तिकै चित्तबुझ्दो रहेको छ, जसले गर्दा यसलाई बजारमा एक असली गेम चेन्जरको रुपमा खडा गरिदिएको छ । ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य रु १५,९९९ रहेको छ भने ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु १८,९९९ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको