कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २६ गते, मंगलबारदेखि असार २९ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड पर्सी (साउन ७ गते, आइतबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आइतबार बिहान ९ बजे गरिने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । क्यापिटलका अनुसार उक्त आईपीओकाे बाँडफाँड क्यापिटलकै कार्यालयमा हुनेछ ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १० हजार १ सय १५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । जसमध्ये एक जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियाे । जसमध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५% अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियाे । बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्दथे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस