Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकासको हकप्रदमा बोलकबोल गर्ने आज अन्तिम दिन

शुक्रबार, १० कार्तिक २०७४, ०७ : ४४ मा प्रकाशित

कन्काई विकासको हकप्रदमा बोलकबोल गर्ने आज अन्तिम दिन

अर्थ संसार, कात्तिक– कन्काई विकास बैंक लिमिटेडको संस्थापक र सर्वसाधारण समूहको लागि बोलकबोल गर्ने कात्तिक १० गते आज अन्तिम दिन रहेको छ । 

बैंकले यस अघि हकप्रद सेयर विक्री खुला गरी बाँकी रहेको संस्थापक तर्फको ३ लाख ८१ हजार ६ सय ५० कित्ता र सर्वसाधारण तर्फको १ लाख ६८ हजार २ सय ८७ हजार कित्ता अवितरित हकप्रद सेयर असोज ३१ देखि  लिलाम विक्री गरेको हो ।

यस अघि बैंकले १ बराबर २ दशमलव १४ को अनुपातमा प्रतिशेयर रू। सय अङ्कित दरका ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

बैङ्कले न्यूनतम मूल्य प्रति सेयर सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने जानकारी गराएको छ । आवेदकहरुले सेयर खरीद गर्दा न्यूनतम सय कित्ता र अधिकतम सम्पूर्ण सेयरको लागि आवेदन दिन सक्नेछन् ।

बैङ्कले प्राप्त बोलपत्र कात्तिक १२ गते खोल्ने जानकारी दिएको छ । बैङ्कको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको