Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १० : ५५ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २६ गते, मंगलबारदेखि असार २९ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन ७ गते, आइतबार) भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आज बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडकै कार्यालयमा भएकाे थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १० लाख ४८ हजार ४ सय ६८ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, १० लाख ४७ हजार ३ सय ५ जना लगानीकर्ताहरूको आवेदन मात्रै योग्य रहेकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १० हजार १ सय १५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । जसमध्ये एक जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियाे । जसमध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५% अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियाे । बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्दथे ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।   नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडकाे वेबसाइट www.nmbcl.com.np,  इस्टर्न हाइड्रोको वेबसाइट www.ehpl.com.np र मेराे सेयरबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको