आज (आइतबार) नेप्से परिसूचक ह्वात्तै बढेको छ । नेप्से ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा कायम हुन पुगेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल आएको हो ।
आइतबार सेयर बजार बढेसँगै तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शनलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस