Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको सेयरमा झुमिए लगानीकर्ता, अन्य कस्को भयो सर्वाधिक कारोबार?

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १५ : १८ मा प्रकाशित

शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको सेयरमा झुमिए लगानीकर्ता, अन्य कस्को भयो सर्वाधिक कारोबार?

आज (आइतबार) नेप्से परिसूचक ह्वात्तै बढेको छ । नेप्से ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा कायम हुन पुगेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल आएको हो ।

नेप्से परिसूचक ह्वात्तैबढेसँगै शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्।

शिवम् सिमेन्ट्सको आज १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, एभरेष्ट बैंक, नबिल बैंक, प्रभु बैंक र चन्द्रागिरी हिल्सको सेयर सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको