आज (आइतबार) नेप्से परिसूचक ह्वात्तै बढेको छ । नेप्से ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा कायम हुन पुगेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल आएको हो ।
आइतबार सेयर बजार बढेपनि एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज फण्डको सेयरमूल्य ९.३८ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंक डिभेन्चर २०८७, बिपिडब्लु लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड लगायतका कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस