आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.६६ अंकले घटेर २२००.५० को बिन्दुमा कायम भएको हो ।
सेयर बजार घटेपनि नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, कुमारी बैंक, शिवम् सिमेन्ट्स, नबिल बैंक, नेपाल इन्चेष्टमेन्ट मेगा बैंक, सोल्टि होटल, नेपाल टेलिकम र हिमालयन डिष्टिलरीको सेयर आज सर्वाधिक बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस